Home समाचार एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

by ईलालटिन
0 comment

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि पाकिस्तानका राजदूत सयैद हैदर शाह आइतबार ओली निवास बालकोट पुगेका छन् । नेपाल र पाकिस्तानको दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न पुगेको दूतावासले जानकारी दिएको हो । भेटका क्रममा राजदूत शाहले ओली प्रधानमन्त्री हुँदा दुई देशबीचको सम्बन्धलाई अघि बढाउन खेलेको भूमिकाको स्मरण गरेका थिए ।

त्यस्तै, शाहले सार्कको पुनर्स्थापना गर्नका लागि अध्यक्ष ओलीले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । -अध्यक्ष ओलीले भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उनले आशा व्यक्त गरे । जवाफमा ओलीले पनि राजदूतलाई धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध अझै उन्नत हुने विश्वास व्यक्त गरे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com