Home none चार मेट्रिक टन फोहर व्यवस्थापन

चार मेट्रिक टन फोहर व्यवस्थापन

by ईलालटिन
0 comment

काठमाडौं ।  बागमती सफाइ महाअभियानको शनिबार ४५७ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइका अवसरमा बागमती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो। सो अवसरमा उनीपनि  सफाइमा सहभागी भएका थिए। सफाइमा  अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद   तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मुलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियकता थियो। सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो। यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गरेका हुन्। यसैगरी मनोहरा सफाइ अभियानको २५६ औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ। सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए। सफाइका क्रममा गुर्जो अभियानकर्मी प्रधान तथा राजलवटले चियाको व्यवस्था गरेका थिए।

विसं २०७० जेठ ५ गतेदेखि- शुरु भएको वाग्मती सफाइ अभियान जारी छ। हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन्। वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ। यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सपाmइ भइरहेको छ। हाल उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। उपत्यकामा भने २५ स्थानमा सफाइ भइरहेको छ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com