Home समाचार जनयुद्ध दिवस : मधेश प्रदेशमा आज सार्वजनिक विदा

जनयुद्ध दिवस : मधेश प्रदेशमा आज सार्वजनिक विदा

by ईलालटिन
0 comment

धनुषा । मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो । यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए ।

यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले बताए । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई  मध्यनजर गरि टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको बताए । घरमै बसेर सुन्न र देख्न सक्ने हुनाले सर्वसाधारणको लागि व्यवस्था गरिएको उनले स्पष्ट पारे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com