Home विशेष ‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

by ईलालटिन
0 comment

काठमाडौं  । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा  लगाउन स्थानीय तहलाई आग्रहसमेत गरे ।

निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र स्थानीय तहमा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माण गर्न सकिने उनीहरुको भनाइ थियो । उनीहरूले नेपालमा पर्यटन विषय अध्यापन गराउन दर्जनौँ शिक्षण संस्था सञ्चालनमा रहे पनि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको, त्रिवि र अन्य शिक्षण संस्थाले दिने प्रमाणपत्र र बजारको मागका बीचमा ठूलो खाडल रहेको पनि औँल्याए । पर्यटन क्षेत्रमा नयाँ–नयाँ सीपयुक्त जनशक्ति आवश्यक पर्नेमा त्यसअनुसारका जनशक्ति उत्पादन हुन नसकेको र यस सम्बन्धमा शिक्षण संस्था र पर्यटन व्यवसायीबीच छलफलसमेत हुन नसकेको भनाइ उनीहरूको थियो ।

वेबिनारमा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रमा नयाँ–नयाँ अवधारणा आइरहे पनि त्यसअनुसारको नीति र कोभिड पछाडि पर्यटन क्षेत्रलाई अगाडि बढाउने नयाँ रणनीतिका बारेमा समेत छलफल नभएको बताए । उनले भने, “महामारीले पर्यटन क्षेत्रलाई पारेको असरलाई माथि उठाउन सबैको ध्यान जानुपर्छ । सरकारले विशेषरूपमा निजी क्षेत्रलाई सहुलियत प्रदान गरी थप लगानीमैत्री वातावरण तयार गर्दै जानुपर्छ । पर्यटन मन्त्रालयका पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले सरकारले कोभिडका कारण रुग्ण बनेका पर्यटन क्षेत्रका उद्योगका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने, “आर्थिक समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले यसलाई माथि उठान विशेष नीतिका साथ कार्यक्रम ल्याउन जरुरी छ । प्रा डा रिदिश पोखरेलले वैदशिक मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सम्बन्धमा राज्यले पर्याप्त लगानी नगरेको बताए । कार्यक्रममा एशोसिएशनका अध्यक्ष प्रा डा सुनीति श्रेष्ठ, उपाध्यक्ष सुदर्शनराज तिवारीलगायत अन्य वक्ताले कोभिडका कारण अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या घटेका बेलामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सुझाव दिएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com