Home बुलेट न्युज पोखरा फुड्समा कार्यरत २५ जना सहित पोखरामा ३१, गण्डकीमा ६७ सङ्क्रमित थपिए

पोखरा फुड्समा कार्यरत २५ जना सहित पोखरामा ३१, गण्डकीमा ६७ सङ्क्रमित थपिए

by ईलालटिन
0 comment

तारा चापागाई दुवे
पोखरा। पोखराको औद्यागिक क्षेत्रमा रहेको पोखरा फुड्स प्रा.लि. मा कार्यरत २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहान पोखरामा थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएका मध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन ।
त्यसैगरी पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत चार जना मध्ये २६ र २३ बर्षका दुई जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन भने ३६ र २७ बर्षका दुई जना महिला सहयोगी कर्मचारी रहेका स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यसैगरी पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा थप ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

कास्कीका ३१ जना, नवलपरासी पुर्वका १५ जना, गोरखाका १८ जना र तनहुँमा तीन जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com