Home बुलेट न्युज चन्द्रागिरिमा छोराको खुकुरी प्रहारबाट आमाबुबा गम्भीर घाइते

चन्द्रागिरिमा छोराको खुकुरी प्रहारबाट आमाबुबा गम्भीर घाइते

by ईलालटिन
0 comment

काठमाडौं ।  चन्द्रागिरि नगरपालिका- १ झ्याङ्गाझिटीमा आफ्नै बुबाआमामाथि खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति घरायसी विवाद हुँदा ३२ वर्षीय श्री तामाङले आफ्नै ४८ वर्षीया विष्णु तामाङ आमा र ५३ वर्षीय बुबा श्याम कुमार तामाङलाई खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट घाइते आमा र बुबा दुबै जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते भएका श्यामको गर्दनदेखि कानसम्म र विष्णुको घाटीमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com