Home विशेष एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने

by ईलालटिन
0 comment

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ ।

‘समसामयिक विषयमा पत्रकार सम्मेलन राखिएको हो । त्यसमा विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको धारणा आउछ’,अधिकारीको भनाइ छ । निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ । तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ । साथै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा समेत एमाले सरकारले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गरेको एमालेको आरोप छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com