Home बुलेट न्युज भारतमा घट्दै कोरोना संक्रमण

भारतमा घट्दै कोरोना संक्रमण

by ईलालटिन
0 comment

नयाँ दिल्ली । भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा थप ५०७ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।यसअघि शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो। यस्तै शुक्रबार भारतमा ४ सय ८६ जनाले ज्यान गुमाएका थिए। त्यसअघि बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए।

यद्यपी हाल भारतमा २१ लाख ६६ हजार ९९९ सक्रिय संक्रमित उपचार गराइरहेका छन्।तेस्रो लहर सुरू भएसँगै भारतमा पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाख नाघेको हो।  गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेको भारतमा २२ दिनमै यो सङ्ख्या २१ गुणाले बढेको हो।यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ४५ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो संख्या तेस्रो लहर सुरू भएपछिकै सर्वाधिक हो।  यसअघि सन् २०२१ जुन ५ मा दिल्लीमा ४८ जनाले ज्यान गुमाएका थिए। यस्तै शनिबार महाराष्ट्रमा कोरोनाका ४६ हजार ३ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन्। यहाँ ४८ जनाले ज्यान गुमाएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com