Home समाचार आदेश नमान्ने भक्तपुरका बटुवादेखि भाटभटेनी सुपरमार्केटलाई कारबाही

आदेश नमान्ने भक्तपुरका बटुवादेखि भाटभटेनी सुपरमार्केटलाई कारबाही

by ईलालटिन
0 comment

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ नियन्त्रणका लागि जारी गरेको आदेश नमान्ने बटुवादेखि भाटभटेनी सुपरमार्केटसम्मलाई कारबाही गरेको छ। प्रशासनले बुधबारदेखि लागू हुनेगरी जारी गरेको २७ बुँदे आदेश उल्लङ्घन गर्ने १५२ जनासहित तीन वटा व्यापारिक केन्द्रलाई कारबाही गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

प्रजिअ शर्माको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले बुधबार भक्तपुर र काभ्रेको सीमा नाका साँगा, सूर्यविनायक, सम्पदास्थल भक्तपुरको तौमढी, सार्वजनिक यातायातका साधन र मध्यपुरथिमिस्थित भाटभटेनी सुपर मार्केटलगायतको अनुगमन गरेको थियो।‘हामी आफैँले गरेको अनुगमनमा मास्क नलगाई हिँड्ने १५२ जनालाई रु १०० का दरले जरिवाना लगायौँ, मास्क नलगाउने ६०१ जनालाई निःशुल्क मास्क वितरण गर्‍यौँ। सरकारको आदेश नमान्ने भाटभटेनी सुपर मार्केटलाई सचेतनास्वरूप एक पटकका लागि रु १०० जरिवाना गर्‍यौं, फेरि त्यस्तै भेटिए थप कारबाही गर्छौं,’ उनले भनिन्।

उक्त सुपरमार्केटले आदेशविपरीत २५ जनाभन्दा बढी व्यक्तिलाई भित्र पठाएको, भित्रबाट कति समयमा बाहिर निस्कने हो, समय निर्धारण नगरेको, सन्देशमूलक सूचना नबजाएको, आदेशको कार्यान्वयन नगरेको पाइएपछि कारबाही गरिएको उनले जानकारी दिइन्। ५०० वटा सवारी साधनको अनुगमन गर्ने क्रममा सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, कतिपय यात्रुले मास्क नलगाएको, कतिपय चालक, सहचालकले लापर्वाही गरेको पाइएपछि गाडीमा मास्क र सेनिटाइजर राख्न निर्देशन दिएको उनले बताइन्।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु भेटिए चालकलाई १०० देखि ६०० रुपैयाँसम्म जरिवाना गराउने भन्दै मास्क अनिवार्य गर्न प्रजिअ शर्मा आफैँ बसमा चढेर यात्रुलाई मास्क लगाउन र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेकी थिइन्। बुधबारको कारबाहीबाट रु १५ हजार २०० राजस्व सङ्कलन भएको छ भने अनुगमनका क्रममा ६०१ वटा मास्क निःशुल्क वितरण गरिएको छ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com