Home समाचार नदी किनारमा आगो तापिरहेका दुई जनाको ढिस्को खसेर मृत्यु, तीन घाइते

नदी किनारमा आगो तापिरहेका दुई जनाको ढिस्को खसेर मृत्यु, तीन घाइते

by ईलालटिन
0 comment

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाकाे ज्यान गएकाे छ। तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते भएका थिए। घाइतेमध्ये प्रगतिनगरका ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।

पन्थीका अनुसार २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएका छन्। उनीहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तिनाउ नदी किनारमा जनताको तटबन्ध निर्माणको क्रममा बनेको ढिस्कोमाथि आगो तापेर बसेको समयमा ढिस्कोसँगै खसेको प्रहरीले जनाएको छ। बुधबार साँझ पौने ७ बजेतिर भएको उक्त घटनापछि स्थानीयले ढिस्कोले पुरिएकाको उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याएपछि २ जनालाई चिकित्सकले मृत्यु घाेषणा गरेको र तिनजनाको उपचार भईरहेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com