Home बुलेट न्युज नेमकिपाका सांसद प्रेम सुवाललाई कोरोना

नेमकिपाका सांसद प्रेम सुवाललाई कोरोना

by ईलालटिन
0 comment

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ।

शंका लागेर यही भदौ १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। आज बिहान रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

भोलिदेखि उनको सम्पर्क आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने बताइएको छ। उनको ट्राभल हिस्ट्री खोजिने कार्य भइरहेको छ। भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको बताइएको छ। उनको अवस्था सामान्य रहेको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com