Home बुलेट न्युज जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलनका कार्यक्रम घोषणा

जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्दै जनमत पार्टीद्वारा १८ दिने आन्दोलनका कार्यक्रम घोषणा

by ईलालटिन
0 comment

काठमाडौं  । जनमत पार्टीले किसान आन्दोलनका नाममा १८ दिने कार्यक्रम घोषणा गरेको छ । आइतबार बस जनमत पार्टीको कार्यकारिणी समिति बैठकले माघ ३ गतेदेखि २० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ । सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड लागू गर्न भने जनमत पार्टीले अनुरोध गरेको छ । रातोपाटी ।


सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com