Home विश्व/प्रवास पाकिस्तानी न्यूरो वैज्ञानिकको रिहाईको माग गर्दै अमेरिकाको यहूदी धर्मस्थलमा बन्धक बनाइएका चारजना रिहा

पाकिस्तानी न्यूरो वैज्ञानिकको रिहाईको माग गर्दै अमेरिकाको यहूदी धर्मस्थलमा बन्धक बनाइएका चारजना रिहा

by ईलालटिन
0 comment

काठमाडौं । अमेरिकाको टेक्सासमा एक व्यक्तिले शनिबार एक यहूदी मन्दिरमा हमला गरेर ४ जनालाई बन्धक बनाएकोमा चारजनाकै रिहाई भइसकेको छ । टेक्सस प्रहरी, स्वाट स्क्वाड र एफबीआई टीमले मिलेर चारैजना बन्धकलाई सुरक्षित बाहिर निकाल्न सफल भएका हुन् ।

आतंकवादीले टेक्सासको जेलमा बन्दी पाकिस्तानी न्यूरो वैज्ञानिक आफिया सिद्दीकीलाई छोड्ने माग राखेको थियो । आफियालाई अल कायदासँग सम्बन्ध राखेको आरोपमा अमेरिकाको जेलमा सजाय सुनाइएको थियो । टेक्सासका गभर्नर ग्रेग एबोटले बन्धकको रिहाईबारे जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि घटनाको बारेमा जानकारी लिइसकेका छन् ।

को हुन् आफिया सिद्दिकी ?

पाकिस्तानका नागरिक डा. आफिया सिद्दिकीमाथि अलकायदासँग जोडिएको आरोप लगाइएको छ । उनले मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीबाट न्यूरोसाइन्समा विद्यावारिधि गरेकी छिन् । सिद्दिकिको नाम सन् २००३ मा खालिद मोहम्मदले उनको बारेमा एफबीआईलाई सुराग दिएपछि उनको नाम चर्चामा आएको थियो । यस सूचनाका आधारमा अफियालाई अफगानिस्तानमा गिरफ्तार गरिएको थियो । उनी टेक्सासस्थित जेलमा ८६ वर्षको जेल सजाय काटिरहेकी छिन् ।

उनले बगरामको जेलमा एक एफबीआई अधिकारीलाई मार्ने कोसिस गरेको बताइन्छ । यसपछि उनलाई अमेरिका निर्वासनमा पठाइएको थियो । आफिया एक सोशल अभियन्ता पनि हुन् । उनी परोपकारी संस्थानसँग पनि जोडिएको र उनले केन्यामा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको आरोप समेत उनीमाथि छ । वल्र्ड ट्रेड सेन्टरमा हमलापछि एफबीआईले २००२ को मे महिनामा आफिया र उसका पति अमजद खानसँग लामो सोधपुछसमेत गरेको थियो ।

भाइमाथि पनि लागेको थियो आरोप

केही रिपोर्टका अनुसार यो हमला आफिया सिद्दिकीका भाइ मोहम्मद सिद्दिकीले गरेका थिए । यद्यपि हमलापछि मोहम्मद सिद्दिकीले यो आरोपको खण्डन गरेका थिए । तर यसरी नाम जोडिदा आपूm खुसी नभएको समेत उनले बतएका छन् ।

यहुदी मन्दिरलाई लिएर इजरायल सतर्क

अमेरिकामा इजरायली अधिकारी लिभिया लिंकले पनि यो घटनाको बारेमा बयान दिएका छन् । लिभियाले भनेका छन्,‘ मेरो मन र मेरो प्रार्थना आज यहूदी समुदायको साथमा छ । हामी लगातार घटनाको अपडेट लिइरहेका छौ । इजरायलका विदेश मन्त्री यायर लापिडलाई पनि अवस्थाको बारेमा जानकारी छ । रातोपाटी । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com