Home विशेष कोभिड–१९ नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण : गृहमन्त्री खाण

कोभिड–१९ नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण : गृहमन्त्री खाण

by ईलालटिन
0 comment

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र आन्तरिक समन्वय बलियो बनाउँदै लैजानुपर्ने गृहमन्त्रीले बताए । उनले भने– ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दक्खल दिइरहेका छन् । त्यसैले कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नुपरेको छ ।’

२४ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित सो कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए । भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको उल्लेख गर्दै मेयर शाक्यले भने– ‘काठमाडौँमा अझै पनि टेकाको भरमा सांस्कृतिक संरचना अडिएका छन् । टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि हामीले अनुमति पाएका छैनौं ।’

कार्यक्रममा महानगरमा कार्यरत फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विश्वेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार आगलागी नियन्त्रणका लागि गरेको योगदानको सम्मान स्वरुप उनीहरुलाई सम्मान गरिएको हो । १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com