Home बुलेट न्युज धादिङको पहिरोमा मृत भेटिएका एकजनाको सनाखत

धादिङको पहिरोमा मृत भेटिएका एकजनाको सनाखत

by ईलालटिन
0 comment

धादिङ ।  धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्दा डोजरसँगै पुरिएका ३ जना मध्ये मृत भेटिएका एकजनाको पहिचान खुलेको छ । शनिवार पहिरो पन्छाउने क्रममा मृत भेटिएका काभ्रे घर भएका राजु तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) जागेश्वर भण्डारीले रातोपाटीलाई बताए ।

बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खसेपछि डोजर सहित ३ जना पुरिएका थिए । मृत भेटिएका राजु तामाङका आफन्त घटनास्थलमा पुगेका छन् । शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको डिएसपी भण्डारीले बताए । पहिरोमा परेका अन्य दुईजनाको अवस्था अझै अज्ञात छ । पहिरोमा पुरिएर डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङ बेपत्ता भएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com