पर्वत । जिल्लामा दिनभरीलाई भनेर कटौती भएको विद्युत सेवा अहिले सुचारु भएको छ ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले सूचना जारी गर्दै बिहान १० बजे देखि बेलुका ५ बजेसम्म विद्युत सेवा कटौती गरिने बताएको थियो ।
पर्वत वितरण केन्द्र अन्तर्गत ३३ केभी मोदी(कुश्मा फिडर अन्तर्गतको लाईन मर्मत कार्य गर्नका लागि सवै पालिकाहरुमा नै विद्युत कटौती गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलले बेलुका ५ बजेसम्मलाई विद्युत सेवा अवरुद्ध हुने बताए पनि डेढ घण्टा अगावै साढे ३ बजे नै अवरुद्ध विद्युत सेवा सुचारुमा आएको थियो ।
