Home विशेष प्रधानन्यायाधीशविरुद्ध आज पनि कानून व्यवसायीहरुको प्रदर्शन

प्रधानन्यायाधीशविरुद्ध आज पनि कानून व्यवसायीहरुको प्रदर्शन

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् ।  बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु सहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । अधिवक्ता शर्माले भने, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो । र न्यायलयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म चोलेन्द्र शम्शेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ ।’

त्यस्तै अधिवक्ता रामचन्द्र सिंखडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताए । उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे । अधिवक्ता सिंखडाले भने, ‘यो आन्दोलन लगभग साढे २ महिनायता निरन्तर चलिरहेको छ । न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नका लागि, निरुत्साहित पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो । नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ । अधिवक्ता सिंखडाले न्यायालयभित्र रहेका न्यायाधीशहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com