Home समाचार मधेसी महिलाबाट सिंह पहिलो डिआइजी : गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

मधेसी महिलाबाट सिंह पहिलो डिआइजी : गृहमन्त्रीलाई धन्यवाद ज्ञापन

by ईलालटिन
0 comment

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश यादव नेतृत्वमा सप्तरीबाट आएको प्रतिनिधिमण्डलले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकामा धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिमण्डलले गृहमन्त्री खाँणलाई मन्त्रालयमा भेटेर मधेसका महिलाबाट पहिलोपटक डिआइजी पदोन्नती गरेकामा धन्यवाद दिएको हो । ‘मधेसी महिला सिंहलाई नायब महानिरीक्षकमा बढुवा गर्नुभएकोमा गृहमन्त्री र सरकारलाई धन्यवाद दिन हामी आएका हौँ’, काँग्रेस केन्द्रीय सदस्य यादवले भने, ‘अब हामीले प्रधानमन्त्रीलाई पनि भेटेर धन्यवाद ज्ञापन गर्छौं । सरकारले उदाहरणीय काम गरेको छ ।’

प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह प्रहरी सङ्गठनमा अब्बल कार्यसम्पादन गर्ने अधिकृतका रुपमा परिचय छिन् । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहलाई प्रहरी डिआइजीमा बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत् सिंह  यसअघि संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्। सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्। सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। सिंहले महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com