पर्वत । पर्वत जिल्लामा आज दिनभर विद्युत सेवा कटौती हुने भएको छ । विद्युत लाईन मर्मतका लागि पर्वतका सवै पालिकाहरुमा आज विहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा कटौती हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र अन्तर्गत ३३ केभी मोदी-कुश्मा फिडर अन्तर्गतको लाईन मर्मत कार्य गर्नका लागि विद्युत सेवा कटौती गर्न लागिएको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार पर्वतको कुश्मा र फलेवास नगरपालिका, महाशिला, पैंयु, विहादी गाउँपालिकामा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ । निर्धारित समय भन्दा अगावै मर्मत सकिए अगाडिनै विद्युत सुचारु गरिने केन्द्र प्रमुख ललितनारायण झाले जानकारी दिनुभयो ।
तर मोदी गाउँपालिकामा भने विद्युत लाईन नियमीत नै हुने भएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई वितरण स्थानीय फिडरवाट वितरित लाईन भने अवरुद्ध नहुने केन्द्रले जनाएको छ ।
