155
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित २ जना घाइते भएका छन् । प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान राति २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो । सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह छन् ।