Home बुलेट न्युज ओमिक्रोन : अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

ओमिक्रोन : अमेरिकाका अस्पतालमा हालसम्मकै धेरै संक्रमित भर्ना

by ईलालटिन
0 comment

काठमाडौं ।  ओमिक्रोन भेरियन्टको संक्रमणका बीच अमेरिकामा मानिसहरु अस्पताल भर्ना हुने संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १,३२,६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १,३२,०५१ मात्रै थिए  अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।

रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् ।सम्भावित रुपमा कम गम्भीर बताइएको ओमिक्रोन भेरियन्टको विषयमा स्वास्थ्य अधिकारीले यो भेरियन्टको संक्रमण बढेको खण्डमा अस्पतालको संरचनामा दबाब बढ्ने  चेतावनी दिएका छन् । रोयटर्सका अनुसार अमेरिकामा पछिल्लो ६ दिनमा करिब ५ लाख संक्रमित भेटिएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com