Home समाचार ओलीलाई भेटेर रामचन्द्र पौडेलले भने- अदालत र संसदको ‘डेडलक’ हटाऔं

ओलीलाई भेटेर रामचन्द्र पौडेलले भने- अदालत र संसदको ‘डेडलक’ हटाऔं

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्। बुधबार ओली निवास बालकोट पुगेर उनले अदालत र संसदमा भइरहेको घटनाक्रमले मुलुक नै ‘डेडलक’ मा गएको बताए। भेटमा पौडेलले  भने,‘अदालत र संसद प्यारालाइज्ड भयो। जसका कारण मुलुक नै डेडलक भयो। हामीले यत्रो संघर्ष गरेर ल्याएकोे संविधानमाथि आक्रमण भइरहेको छ। हामी जत्तिका जिम्मेवार राजनीतिज्ञले डेडलक नफुकाउने हो भने व्यवस्था र हामीप्रति नै वितृष्णा बढ्छ।’

जवाफमा ओलीले अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुखलाई हटाउनु पर्ने अडान राखे। माधवकुमार नेपालहरूलाई कारबाही गरेमात्र ‘डेडलक’ खुल्ने उनले बताए। अटेर गर्ने, पेलेर अघि बढ्ने सभामुख हटाउनु पर्छ। उहाँले माधवकुमार नेपालहरूलाई कारबाही गर्न मान्नुभएन। कारबाही हुनुपर्छ। अनि मात्रै डेडलक खुल्छ’, उनले भने। उनले प्रधानमन्त्रीसँग कुरा गर्न ओलीलाई सुझाए। उनले ओलीलाई भने, ‘प्रधानमन्त्रीसँग पनि कुरा गर्नुस्। सभामुख हटाउन पनि प्रक्रिया होला। कुरा त गर्न पर्ला नि। तर, अदालत र संसदको डेडलक हटाऔं।’  उनीहरूबीच करिब एक घण्टा कुरा भएको स्रोतले बतायो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com