Home विशेष म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

by ईलालटिन
0 comment

म्याग्दी  ।   म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । उनले भने, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए ।

कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताउनुभयो । राखुमा रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com