Home समाचार राष्ट्रियसभा उम्मेदवार चयन गर्न काँग्रेसको बैठक बस्दै

राष्ट्रियसभा उम्मेदवार चयन गर्न काँग्रेसको बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार (आज) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा  केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यलाई डाकिएको छ ।

काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो । १४ औं महाधिवेशनपछि दोस्रो पटक आज केन्द्रीय समिति बस्दै छ । दोस्रो बैठकमा शनिबार र आइतबार मनोनित गरेका १३ जना केन्द्रीय सदस्य पनि सहभागी हुने छन् । सभापति शेरबहादुर देउवाले शनिबार नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

यस्तै देउवाले आइतबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र सभापतिका प्रत्यासी कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । आजको बैठकको मुख्य एजेण्डा राष्ट्रिय सभाका उम्मेदवार छनोट रहेको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । काँग्रेसले उम्मेदवार छान्नका लागि आन्तरिक तयारी पनि थालेको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com