Home समाचार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक पार्टी कार्यालयमा जारी छ।शनिबार बसेको स्थायी समितिको बैठकले आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बस्ने बैठकले अनुमोदन गर्ने बताइएको छ। यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ।

यो सँगै आठौं महाधिवेशनको उद्घाटन सत्रसमेत सरेको छ। आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो।प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको छ।सुरूमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भए पनि महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको महराले जानकारी दिए।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको महराले बताए। महाधिवेशनमा रूपान्तरणसागै थप आवश्यक तयारी गर्नुपर्ने भएकाले उद्‌घाटन सत्र दुई घण्टा पछाडि सार्नुपरेको माओवादीले जनाएको छ। २०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com