Home विश्व/प्रवास यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै नेपाल

यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै नेपाल

by ईलालटिन
0 comment

काठमाडौं । युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ।नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ । जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

यता श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहितथ मैदानमा उत्रनेछ।श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रयोगिता सुरूआत गरेको थियो।नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध आमनेसमाने भएका छन्। जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो ।

  • सन् २००८- यु १९ विश्वकप- श्रीलंका ६१ रनले विजयी
  • सन् २०१२ यु १९ विश्वकप- श्रीलंका  ८ विकेटले विजयी
  • सन् २०१६ यु १९ विश्वकप वार्मअप – श्रीलंका ६५ रनले विजयी
  • सन् २०१६ यु १९ एसिया कप- श्रीलंका  १ रनले विजयी
  • सन् २०१९ यु १९ एसिया कप- श्रीलंका ५ विकेटले विजयी

नेपालको सम्भावित प्लेइङ–११ : देव खनाल (कप्तान), अर्जुन कुमाल, सन्तोष कार्की, अर्जुन साउँद (विकेटकीपर), आदिल अन्सारी, विवेक रानामगर, दुर्गेश गुप्ता, दीपेश कडेल/शेर मल्ल, विवेक यादव, गुलशन झा र तिलकराज भण्डारी ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com