Home बुलेट न्युज कोरानाको कहरः गण्डकीमा थप ४० जनामा संक्रमण

कोरानाको कहरः गण्डकीमा थप ४० जनामा संक्रमण

by ईलालटिन
0 comments

पोखरा । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमा कास्कीका १६, लमजुङका ३, बागलुङ, स्याङ्जा र तनहुँका १/१ जना रहेका छन् । संक्रमित ४० मध्ये ७ जना नेपाल प्रहरीका जवान रहेका गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार सबै संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com