Home समाचार दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार

दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार

by ईलालटिन
0 comment

कास्की ।  नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् ।

एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएकाले भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने  उनको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने बताए । ‘पाँच दल बीचको गठबन्धन टुट्ने कुनै सम्भावना छैन, आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने वा नरहनेबारे पार्टीमा छलफल भएको छैन’ उनले भने, ‘आगामी निर्वाचनमा तालमेलका वारेमा पार्टीभित्र छलफल गरेर टुंगो लगाइनेछ, दलहरुबीच सबै ठाउँमा तालमेल नभएपनि केही ठाउँमा भने हुनसक्छ ।’

सहमहामन्त्री परियारले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए । उनले महाधिवेशनले पार्टीमा निकै उत्साह थपेको बताउँदै आगामी निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । आगामी निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल हुने नहुने विषयमा पार्टीभित्र छलफल हुने उनले बताए । परियारले महाधिवेशन मार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने बताउँदै  अब, पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताए ।

नेपाली कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले अबको ध्यान पार्टीको संगठन र स्थानीय तहको चुनावमा केन्द्रीत हुने बताए । उनले पार्टी कार्यालय प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भइरहेको बताए । अध्यक्ष बरालले पार्टीको संगठन बलियो बनाउन आफ्नो टिमको सम्पूर्ण ध्यान केन्द्रित हुने स्पष्ट पारे । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com