Home बुलेट न्युज अनावरण हुनुअघि नै चोरी भयो गणेशलाल श्रेष्ठको प्रतिमा

अनावरण हुनुअघि नै चोरी भयो गणेशलाल श्रेष्ठको प्रतिमा

by ईलालटिन
0 comment

मकवानपुर ।  मकवानपुरको भीमफेदीबाट लेखक तथा स्रष्टा गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको लेखक श्रेष्ठको अर्ध कदको प्रतिमा गएराति चोरी भएको हो । पूर्व परराष्टविद् हिरन्यलाल श्रेष्ठले प्रतिमाको आज एक समारोहका बीच अनावरण गर्ने कार्यक्रम तय भएको थियो । अनावरण कार्यक्रमको एक दिन अघि प्रतिमा चोरी भएपछि कार्यक्रम स्थगित भएको छ ।

भीमफेदी गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि नै प्रतिमा स्थापना गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । कुल ३ लाख ५० हजार र अन्य व्यवस्थापन गरी कूल ५ लाख लागतमा लेखक श्रेष्ठको प्रतिमा तयार पारिएको प्रतिमा अनावरण कार्यक्रम तयारी समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिए । उक्त घटनाका बारेमा छानविन गर्न सम्बन्धित निकायलाई जानकारी गराइएको उनले बताए । भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले स्रष्टाको सम्मान स्वरुप गर्न लागिएको यस्तो महान कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारवाहीको दायरामा ल्याइने बताएका छन् । उनले तत्काल अनुसन्धान गरी घटना घटाउने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com