Home none कारबाहीमा परेका क्रिकेटरलाई फुटबल टिमका कप्तान किरणदेखि अभिनेता दयाहाङसम्मको समर्थन

कारबाहीमा परेका क्रिकेटरलाई फुटबल टिमका कप्तान किरणदेखि अभिनेता दयाहाङसम्मको समर्थन

by ईलालटिन
0 comment

काठमाडौं  ।  नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरलाई कारबाही गरेपछि अहिले सामाजिक सञ्जालमा यो विषयले चर्चा पाएको छ। सामाजिक सञ्जालमा कतिपय सेलिब्रेटीले समेत चासो व्यक्त गर्दै आफ्नो धारणा राखेका छन्। हाल व्यवसायिक खेलका लागि माल्दिभ्समा रहेका राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले खेलाडीसँग राजनीति नगर्न आग्रह गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्- कृपया खेलाडीहरूसँग राजनीति नगर्नुहोस् र खेलको यो सुन्दर ग्रहमा राजनीति नघुसाउनुहोस्। यता अभिनेता दयाहाङ राईले पनि खेलाडीले जारी गरेका विज्ञप्ती राख्दै आफूलाई चित्त नबुझेको भन्दै लेखेका छन्-  मलाई त चित्त बुझेको छैन भने खेलाडीहरूलाई झन् कसरी चित्त बुझ्ला। मेरो समर्थन जहिले खेलाडीहरूलाई। यसैगरी गायक प्रमोद खरेलले ट्विटरमार्फत क्रिकेट विवाद चाडै टुंग्याउन आग्रह गरेका छन्।

‘क्रिकेट विवाद टुंग्याउ, खेलाडीलाई प्रोत्साहन गर, महत्वपूर्ण प्रतियोगिता आउँदैछन्, एक ढिक्का भएर अघि बढौं अनि एक ढिक्का भएर खेलौं, खेल्ने वातावरण बनाउँ, प्रतिशोध र आवेगभन्दा देश ठूलो हो,’ क्रिकेटका पारखी समेत रहेका खरेलले लेखेका छन्।

यता बैंकर अनिलकेशरी शाहले पनि खेलाडीहरूले पत्रकार सम्मेलन गरेर बयान दिर्नु पर्ने अवस्था आउनु दु:खद भएको बताउँदै समस्या चाँडो समाधान हुनु पर्ने बताएका छन्। खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा आफ्नो असन्तुष्टि सेतोपाटीमा व्यक्त गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्रसहित चार क्रिकेकटरलाई क्यानले गत बुधबार कारबाही गरेको थियो।

ज्ञानेन्द्रलाई कप्तानबाट हटाइएको थियो दीपेन्द्रसिंह ऐरीलाई पनि उपकप्तानबाट हटाइएको थियो। मल्लसहित असन्तुष्टि पोखेका उपकप्तान दीपेन्द्र, अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई वर्गीकरणबाट सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय थियो।  त्यसपछि अहिले सामाजिक सञ्जालमा कतिपय सेलिब्रेटीले खेलाडीको समर्थनमा आफ्नो धारणा राखिरहेका हुन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com