Home बुलेट न्युज कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो

कोरोनाको तेस्रो लहरको त्रासका बीच पनि भारत जानेको संख्या बढ्दो

by ईलालटिन
0 comment

कैलाली । कोरोना संक्रमणको जोखिमका बाबजुद कामको खोजीमा भारत जाने नेपालीहरुको संख्या बढेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको जोखिम बढिरहेकै समयमा सुदूरपश्चिमको त्रिनगर भन्सार नाकाबाट भारत जानेको संख्या बढ्न थालेको हो । कोरोनाको तेस्रो लहर भित्रिने जोखिम हुँदा पनि भारत जाने नेपालीको संख्यामा कमी नआएको त्रिनगर भन्सार नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले रातोपाटीलाई बताए । त्रिनगर भन्सार नाकाबाट एक हप्ता यता ११ हजार ५३३ जना नेपाली भारततर्फ गएको उनले बताए ।

यो अवधिमा बालबालिका १ हजार ३ सय, महिला २ हजार ६ सय र पुरुष ७ हजार ६ सय ३३ जना नेपाली भारत गएको उनको भनाइ छ । भारतबाट आउने नेपालीको संख्यामा भने कमी आएको छ । एक हप्ता यता भारतबाट नेपाल आउनेको संख्या ४ हजार ५६८ रहेको उनले बताए ।इन्चार्ज ठकुल्लाका अनुसार पुरुष २ हजार ७३२, महिला १ हजार १८१ र बालबालिका ६५३ जना यो अवधिमा घर फर्किएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेसँगै नाकामा भने कडाइ गरिएको उनले बताए । भारतबाट घर फर्कनेलाई चेकजाँच गर्ने र कोरोना सुई लगाएको छैन भने नाकाको हेल्थ डेस्कबाटै खोप लगाएर घर पठाउने गरेको उनको भनाइ छ ।

भारतीय नागरिकको हक मा भने कोभिड खोप लगाएको कागज छैन भने फिर्ता पठाइदिने गरेको ठकुल्लाले बताए । उनले नाकामा सबैको एन्टिजेन परीक्षण गर्न थालिएको र कुनै व्यक्तिमा कोरोना पोजेटिभ देखिएमा पीसीआर स्वाब पनि संकलन गर्ने गरेको उनले बताए । अहिले नाकामै हरेक व्यक्तिको एचआईभी, क्षयरोग, डेंगो जस्ता रोगको पनि चेकजाँच गर्न थालिएको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com