Home समाचार रामचन्द्रको चियापानमा पुगे देउवा, कार्यकर्ताले गरे विरोध

रामचन्द्रको चियापानमा पुगे देउवा, कार्यकर्ताले गरे विरोध

by ईलालटिन
0 comment

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेका छन् सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले विरोधसमेत गरे।ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका थिए।

उनीहरूले ‘देउवासँग मिलेर पार्टीपंक्तिलाई धोका दिन खोजेको’ भन्दै पौडेलसँग आक्रोशित भएका थिए।कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन्। सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए।कार्यक्रममा देउवाले सम्बोधन गर्न पाएनन्। पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ। सभापतिमा तेस्रो र चौथो बढी ल्याएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले जसलाई सघाउँछन् उही सभापति निर्वाचित हुने सम्भावना बढी छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com