Home समाचार कांग्रेस महाधिवेशन : साढे ६ बजेसम्म खस्यो तीन हजार मत

कांग्रेस महाधिवेशन : साढे ६ बजेसम्म खस्यो तीन हजार मत

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा साँझ ६ बजेसम्म तीन हजार मत खसेको निर्वाचन समितिका सदस्य तेज रावलले जानकारी दिए।मतदान निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरी सुरू भएको हो।एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ।

महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छैन। कागजी मतपत्र छन्। १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारीका लागि निर्वाचन हुन गइरहेको छ मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।

उपसभापतिलगायत अन्य पदका लागि भने मत बाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।सभापति पदको मतपरिणाम आइसकेपछि कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाएमा मात्रै अरू पदका लागि भएको मतदानको मतगणना सुरू हुनेछ। कसैले पनि ५० प्रतिशत मत नकटाएमा सभापति पदमा भने फेरि मतदान हुने विधानको व्यवस्था छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com