Home बुलेट न्युज ३२ वटा सिसिटिभीबाट कांग्रेस महाधिवेशनको निगरानी

३२ वटा सिसिटिभीबाट कांग्रेस महाधिवेशनको निगरानी

by ईलालटिन
0 comment

काठमाडौं ।  कांग्रेस १४ ‍‌औं महाधिवेशनको सुरक्षाका लागि प्रहरीले नेपाल पुलिस क्लबमा ‘ज्वाइन्ट कमाण्ड पोस्ट’ स्थापना गरेको छ। सिसिटिभीसमेत जडान गरेर प्रहरीले महाधिवेशनका लागि कमाण्ड पोस्ट स्थापना गरेको हो। महानगरीय प्रहरी परिसरका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित जिल्ला प्रशासनको सूक्ष्म निगरानी हुने गरी पोस्ट स्थापना गरिएको हो।

ज्वाइन्ट कमाण्ड पोस्टबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल, काठमाडौंका एसएसपी अशोक सिंह, सशस्त्र प्रहरीका अधिकृतहरूले महाधिवेशनको निगरानी गर्नेछन्। महाधिवेशन क्षेत्रभर ३२ वटा सिसिटिभी राखिएको छ, त्यसको निगरानी पोस्टबाट हुने काठमाडौं परिसर प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। कांग्रेस महाधिवेशनको मतदान सोमबारदेखि हुँदैछ।

राष्ट्रिय सभागृहमा एउटा र भृकुटीमण्डपमा दुई वटा मतदान केन्द्र रहने छन्। ‘मतदानस्थल बाहिरसम्मको गतिविधि निगरानी, शान्ति सुरक्षा र उच्छृंखल गतिविधि हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको छ,’ मैनालीले भने। भित्र कुनै गैरकानुनी गतिविधि भए त्यहाँको प्रहरीलाई तुरून्त पोस्टले खबर गर्नेछ। कांग्रेस महाधिवेशन २४ गतेदेखि सुरू भएको छ। साढे चार हजार जति महाधिवेशन प्रतिनिधि, उम्मेदवारले प्रचारका लागि ल्याएका कार्यकर्ताले भृकुटीमण्डपमा भीडभाड छ। ‘महाधिवेशन अवधिभर यो पोस्ट रहने छ, मतगणना सकिएपछि पोस्ट उठ्ने छ,’ मैनालीले भने। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com