Home समाचार जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी

जनमत पार्टीको कार्यकारिणी समितिको बैठक जारी

by ईलालटिन
0 comment

काठमाडौं ।  सिके राउत नेतृत्वको जनमत पार्टीको बस्न लागेको केन्द्रीय समितिका लागि एजेण्डा तय गर्न आज कार्यकारिणी समितिको बैठक बसिरहेको छ । जनकपुरमा चलिरहेको कार्यकारिणी समितिको बैठकमा भोलि बस्ने केन्द्रीय समितिमा छलफल हुने विषय तय गर्ने, तीन महिनासम्म चलेको आन्दोलन तथा विभिन्न नगर समिति बैठकको समेत समीक्षा गरिने सो पार्टीका महासचिव चन्दन सिंहले बताए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले पश्चिम मधेसको तीन जिल्लाका विभिन्न पालिकाबाट माटो सङ्कलन गरेका छन् । माटो सङ्कलन अभियानको प्रभाव र उपलब्धिको विषयमा समेत छलफल सो बैठकमा हुने बताइएको छ । बाँकी रहेका १७ वटा जिल्लामा पनि मोटो सङ्कलन गर्ने कार्यक्रम रहेको छ । ती जिल्लामा कहिलेबाट सङ्कलनको काम सुरु गर्ने विषयमा पनि छलफल हुने उनले बताए । जनमत पार्टीको केन्द्रीय समितिको बैठक भोलि धनुषाको ढल्केबरमा बस्न लागको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com