Home समाचार चारबाट दुईमा झरे पौडेल पक्षका सभापति आकांक्षी

चारबाट दुईमा झरे पौडेल पक्षका सभापति आकांक्षी

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिष्पर्धा गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वसम्मत उम्मेदवार बनाउने प्रयत्न गरिरहेको छ।बुधबार बिहानसम्मको परिदृश्य हेर्दा पौडेल पक्षबाट सभापतिका आंकाक्षीहरू चारबाट दुई जनामा झरेका छन्।सभापतिमा दाबी गरिरहेका महामन्त्री शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।

बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आफू पक्षीय नेता/कार्यकर्तासँगको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साझा उम्मेदवार बनाउन सभापतिमा आफ्नो दाबी छोड्ने बताएका छन्। बत्तीसपुतलीमा आफूनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति र  काठमाडौंमा उपलब्ध महाधिवेशन प्र तिनिधिहरूसँग छलफल गरेपछि पौडेल कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेट्न उनको चन्डोलस्थित निवासमा पुगेका छन्। १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाको  कांग्रेसमा आफ्नै गुट छ।  पछिल्लो समय उनले सभापति देउवालाई सघाउँदै आएको देखिन्छ। सिटौलासँग कुरा गरेर पौडेल फेरि बत्तीसपुतली नै फर्कने कार्यक्रम छ।

पौडेल र कोइरालाले दाबी छोडेपछि अब उक्त समूहमा सभापतिका आकांक्षी दुई जना छन्: शेखर कोइराला र प्रकाशमान सिंह।उनीहरू दुई जना भने एक-अर्कालाई छोड्न तयार देखिएका छैनन्। शेखर र प्रकाशमानमध्ये को सभापति उम्मेदवार बन्ने टुंगो लगाउन मतदान गर्ने कुरा पनि भइरहेको एक नेताले सेतोपाटीलाई जानकारी दिए।को-को मतदाता हुने र चुनाव कसरी गर्ने भन्ने टुंगिएको छैन। केही पूर्वजिल्ला सभापति र सभापतिहरूले मतदान गर्दा झन् विभाजन हुने भन्दै मतदान गर्न नहुने सुझाव दिएका छन्।

यसैबीच संस्थापनइतर समूहमा रहेका १२ युवा नेताहरूले शेखर र प्रकाशमानमध्ये को उम्मेदवार हुने भन्नेबारे केहीबेरमा छलफल गर्दैछन्।  गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, जीवन परियार, कमला पन्तलगायत नेताहरू बसेर को उम्मेदवार भयो भने देउवालाई हराउन सकिन्छ भन्नेबारे सुझाव दिने तयारी भइरहेको एक नेताले बताए। पौडेल समूहका युवा नेताहरूले एकमात्र उम्मदेवार बन्नु पर्ने विषयमा दबाब दिँदै आएका छन्।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com