Home विशेष इतर समूहसँग जुध्न कस्ताे बन्ला देउवा टिम ? यस्ता छन् आकांक्षीहरू

इतर समूहसँग जुध्न कस्ताे बन्ला देउवा टिम ? यस्ता छन् आकांक्षीहरू

by ईलालटिन
0 comment

काठमाडौं । कांग्रेसको भावी सभापति को हुने भन्ने छुट्टै छलफल संस्थापनइतर समूहले चलाइरहँदा सभापति शेरबहादुर देउवाले पनि आफू पक्षीय नेताहरूको बैठक डाकेका छन् । देउवाले आफ्नो गुटबाट पदाधिकारीमा क-कस्लाई लैजाने भन्ने टुंगो लगाउन आज बिहान ९ बजे आफ्नै निवास बूढानीलकण्ठमा निकट नेताहरूलाई बोलाएका हुन् । संस्थापनइतर पक्ष पनि आजै अनुपम फूडल्यान्डमा भेला हुँदैछ । उसले आज सभापतिको नाम टुंगो लगाउने बताएको छ भने संस्थापन पक्षबाट सभापतिमा देउवा दोहोरिन चाहन्छन् । देउवाले सभापतिमा पुन: आफैँ दोहोरिने बताइसकेका छन् ।

देउवा गुटमा सभापतिका दाबेदार उनी एक्ला हुन् । उनी पक्षका मानिएका उपसभापति विमलेन्द्र निधिले केही समयअघि नै गुट छाडेर सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालय समेत खोलेका छन् । देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार आज बूढानीलकण्ठमा हुने भेलाले उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा को उठ्ने भन्नेबारे टुंगो लगाउने छ । उनले भने, ‘आजको भेलामा पदाधिकारीमा क-कसस्लाई लैजाने भन्नेबारे नै छलफल हुने हाे। भरसक इतर पक्षलाई पनि कसरी मिलाउन सकिन्छ भन्ने विषयमा सभापतिज्यूले छलफल गर्न चाहनुभएको छ ।’

उनका अनुसार पदाधिकारीमध्ये उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई अगाडि बढाउने तयारी देउवाले गरेका छन् भने महामन्त्रीमा भने बालकृष्ण खाँण, प्रकाशशरण महत, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले दाबी गरिरहेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफू महामन्त्रीका लागि दाबेदार रहेको बताइरहँदा देउवा सकसमा छन् । सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, मोहनबहादुर बस्नेतलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसले महाधिवेशनबाट १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने छ । शिलापत्र ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com