Home पत्रपत्रिका दुःखद घट्नाःढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो

दुःखद घट्नाःढोरपाटनमा बाढी र पहिरोले १७ जना बेपत्ता, २५ घर बगायो

by ईलालटिन
0 comment

बागलुङ ।  ढोरपाटन नगरपालिकामा गएराती भिषण पहिरो जाँदा कयौं मानिसहरु हराएका छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क बिहिन भएको र थप मानिसहरु हराएको हुनसक्ने स्थानीय जीवन पुनले जानकारी दिए ।

ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गाउँहरुमा क्षती पु¥याएको उनले बताए । पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको पुनले बताए ।

यस्तै,  बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्ड्मा १ घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

त्यहाँका जनप्रतिनिधिको सम्पर्क हुन सकिरहेको छैनभने भीषण बर्षाका कारण बिहिबार बिहानसम्म बुर्तिबाङबाट हिँडेको प्रहरी टोली घटनास्थल पुग्न सकेको छैन् । ‘प्रहरी रातीनै मुभ भएको हो । ११ जनाको टोलि बाटोमा छ घटनास्थल पुग्न सकेको छैन’ प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले भने ‘क्षती धेरै भएको खवर छ तर पुष्टि गर्न सकिएन् ।’ पहिरोकै कारण प्रहरीको टोलि बाटोमा रोकीएको उनले बताए । ढोरपाटन नगरपालिका र जिल्ला प्रहरीले उद्धारमा जुट्न आग्रह गरेका छन् ।

हराएका मध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । भूजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता, घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।

तस्विरः जीवन पुन ढोरपाटन

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com