Home समाचार एसियाली युथ पारा गेम्समा नेपालले जित्यो ऐतिहासिक स्वर्णसहित ३ पदक

एसियाली युथ पारा गेम्समा नेपालले जित्यो ऐतिहासिक स्वर्णसहित ३ पदक

by ईलालटिन
0 comment

काठमाडौं  ।  एसियाली युथ पारा गेम्समा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको छ। बहराइनमा भएको प्रतियोगितामा नेपाली पारा तेक्वान्दो खेलाडीले  ऐतिहासिक १ स्वर्णसहित १ रजत र १ कास्य पदक जितेका हुन्।  प्रतियोगितामा पारा ओलम्पियन पलेशा गोवर्धनले स्वर्ण पदक जितिन्। यस्तै सिर्जना घिसिङले रजत र विशाल  गर्बुजाले कास्य जिते।

प्रशिक्षक कविराज नेगी लामाका अनुसार ५७ केजी मुनी क्याटागोरी ४४ मा एतिहासिक स्वर्ण पदक जितेकी हुन्। पलेशलो इरानकी इब्राहिमी रोजालाई ६–० ले हराउँदै स्वर्ण पदक जितेकी हुन् ।यस्तै के-४४ कै ५२ केजी मुनि तौल समूहको फाइनलमा सिर्जना इरानकै गर्बाक‍मिसानीसँग १८-० ले पराजित हुँदा रजतमा चित्त बुझाउन बाध्य भइन्।विशाल भने के-४४ को ५८ मुनि तौल समूहको सेमिफाइनलमा उज्वेकिस्तानका शोनाजारोभसँग ३२-६ ले पराजित हुँदा कास्यमा सीमित भए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com