Home समाचार काँग्रेस नेता खतिवडाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काँग्रेस नेता खतिवडाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार एक कार्यक्रमका बीच नेता खतिवडाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । खतिवडा सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

पूर्वसांसद समेत रहेका खतिवडाले भने, ‘सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाई, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । युवा नेता खतिवडाले केन्द्रीय सदस्य पदमा आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् । उनले केन्द्रीय कार्यसमितिमा रहेर काँग्रेसलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताएका छन् । खतिवडा १३ औँ महाधिवेशनमा झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com