Home बुलेट न्युज विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन

विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन

by ईलालटिन
0 comment

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।  बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका  ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए ।

तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० जनाले आफुले ल्याएको बाला भन्सार तिरेर लगेको भन्सार प्रमुख भट्टराईले बताए ।विमानस्थल भन्सारले ५० ग्रामसम्म नेपाली स्वरूपका सुनका गहना बनाएर ल्याएन छुट दिएको छ । तर, सुन तस्करले विदेशबाट फर्किनेहरूलाई भरिया बनाएर बाला आकारमा सुन तस्करी गर्ने गरेका थिए । बुधवार मात्रै भन्सार कार्यालयले १ करोड २६ लाख ८७ हजार राजस्व संकलन गरेको छ ।भन्सार कार्यालय सोमबार २१ किलो र मंगलबार ११ किलो सुन संकलन गरेको थियो । भन्सार काउन्टरमा डिपोजिट गरिएको सुन दुई महिनाभित्र राजस्व तिरेर लैजान सकिने प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com