Home समाचार राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने

राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने

by ईलालटिन
0 comment

रुपन्देही । आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा  लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउने भएकी हुन् । राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए ।

उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ । लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com