पर्वत । नेपालीहरूको आफ्नै मौलिक सम्पत्ति मध्येको एउटा लोकगीत पनि हो । यसमा जीवन जिउने कला मिसिएको हुन्छ । समग्रमा भन्नुपर्दा मान्छेको जन्म देखि मृत्यु बिचमा आउने सबै उतारचढावहरूको सङ्ग्रह हो । लोकगीत । समाजका विषयवस्तु र आम मान्छेका भोगाई लाई सजिलै टपक्क टिपेर गाउन सक्ने गीत भएरै होला लोकगीत अर्थात् ‘लोकको गीत’ भनिएको ।
यो समय देशमा राजनीति फोहोर बनिरहेको छ । सक्ता लागि जस्तासुकै हत्कण्डा अपनाउन पनि पछि नपर्ने राजनीतिज्ञहरूप्रति आमजनताको आक्रोश सिवाय केही छैन । धेरै लोक गायकहरूले यही देश र राजनीतिको गन्जागोल अवस्थालाई लिएर आफ्ना सृजनाहरू दर्शकमाझ ल्याइसकेका छन् । जुन रुचाइएका पनि छन् । युटयुवमा राखिएको ती गीतहरूको प्रतिक्रियाहरूमा नेतालाई गाली गर्नेहरूको जमात शतप्रतिशत नै हुन्छन् ।
दुई दिन अघि तेस्रो पटक प्रधानमन्त्री बनेका केपी ओली शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सँग जिस्किएको सानो अंश सामाजिक सञ्जालमा भाइरल नै भएको छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले शपथ खुवाउँदै थिइन्, शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्नुपर्ने भए पनि ओलीले भन्न अस्वीकार गरेका थिए । ‘त्यो पर्दैन ।’ भन्दै मन्द मुस्कुराएको प्रधानमन्त्री ओलीको जवाफमा राष्ट्रपति भण्डारी समेत, ‘हि..हि..।’ गर्दै अनुहारमा मन्द हाँसो भरेकी थिइन् ।
यही परिस्थितलाई टपक्क टिपेर चर्चित लोकगायक बिमलराज क्षेत्रीले ‘त्यो पर्दैन ।’ भन्दै गीत समेत बनाइसकेका छन् । श्रीमती टिका कुमारी क्षेत्रीले उनलाई साथ दिएकी छिन् । श्रीमती पनि लोक गायिका हुन् । गीतको हरेक टुक्कामा ‘त्यो पर्दैन’ भनेर भनिन्छ । अनि जवाफमा ‘किन नपर्नी सानु यसैले हो जीवन सपार्नी ।’ भन्दै गीत अगाडी बढीरहन्छ ।

गायक क्षत्रीले सुरुवात गरेको पहिलो टुक्का यस्तो छ, ‘सानु तिम्रो मै जिम्मा लिएँ है, फेसबुकको पासवर्ड दिएँ है ।’ गायिकाले थोरै थप्छिन् ‘त्यो पर्दैन ।’ फेरि गायक बोल्छन्, ‘किन नपर्नी सानु यसैले हो जीवन सपार्नी ।’ गायक क्षेत्रीले यस गीत आफ्नै बिमल चौतारी नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । आज मात्र अपलोड गरेको गीतमा बिस्तारै दर्शकहरू बढ्ने क्रम जारी रहेको छ ।