Home समाचार नगरपालिकाको कोभिड कोषमा युवा सङ्घका केन्द्रीय सदस्य बानियाँद्धारा नगद सहयोग

नगरपालिकाको कोभिड कोषमा युवा सङ्घका केन्द्रीय सदस्य बानियाँद्धारा नगद सहयोग

by ईलालटिन
0 comment

पर्वत । कुस्मा नगरपालिकाले सुरुवात गरेको कोभिड राहत कोषमा युवा सङ्घका केन्द्रीय सदस्य सुनिल थापा बाँनियाले नगद सहयोग गरेका छन् ।

नगरपालिकाले कोभिडका बिरामीहरूको उपचारका लागि सुरुवात गरेको राहत कोषमा कुस्मा पर्यटन व्यवसायी समेत रहेका बानियाँले नगद २५ हजार रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गरेका हुन् ।

बानियाँ विश्वकै दोस्रो लामो सुपर म्यान शैलीको जीपलाईन र नेपालकै एक मात्र सिसाको स्काईब्रिज सहितका साहसिक पर्यटकीय खेल तथा सुविधा सम्पन्न रिर्सोट निर्माण गरिरहेको द हार्नेस प्रालिका प्रबन्ध निर्देशक समेत हुन । बानियाले यस अघि पनि विभिन्न विद्यालय, सामाजिक संस्था तथा बिपद्मा परेका नागरिकलाई सहयोग गर्दै आइरहेका छन् ।

राहत कोष मार्फत नगरपालिका भित्रका कोभिड रोगबाट सङ्क्रमित भएकाहरूको उपचारमा खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

उक्त कोषमा सहयोग रकम सङ्कलन गरी राहत नगर बासीको उपचारमा रकम खर्च गर्ने गरी कोषको स्थापना गरिएको नगरप्रमुख जोशीको भनाई छ ।

नगरपालिकाले नेपाल बैङ्क पर्वतको खाता नम्बर ०६६०३०००००७००२०००००२ मा प्रकोप व्यवस्थापन कोषको खातामा सहयोग रकम उपलब्ध गराउन पनि नगर बासीलाई आव्हान गरेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com