Home विशेष कोरोना उपचारमा सघाउन जापानबाट केसीको आर्थिक सहयोग  

कोरोना उपचारमा सघाउन जापानबाट केसीको आर्थिक सहयोग  

by ईलालटिन
0 comment
पर्वत । सदरमुकाम कुस्मामा रहेर लामो समय सञ्चार कर्ममा समय खर्चेका सुजन केसी यति बेला जापान छन् । उनी उच्च शिक्षा अध्ययनका लागि केही वर्ष अघि जापान स्थित फुकोओकाको विश्व विद्यालय पुगेका हुन् । उनै केसीले कोरोना सङ्क्रमितहरूको उपचारमा सहयोग पुग्ने गरी पर्वत अस्पतालमा निर्माण भएको आइसोलेसन कक्ष सञ्चालनका लागि आर्थिक सहयोग गरेका हुन् ।

कुस्मा नगरपालिका वडा नम्बर ८ चुवा स्थायी घर भएका केसीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडलाई १४ हजार रुपैयाँ पठाइदिएका हुन् । उक्त रकम बिरामीहरूको उपचार कक्ष व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने अक्सिजन आपूर्ति व्यवस्था मिलाउनका लागि खर्चिने अध्यक्ष पहाडीले बताए ।

केसीले कोरोना सङ्क्रमितहरूको उपचारमा थप सहयोग गर्न इच्छुक भएको बताउँदै अवस्था हेरी केही दिनमै फेरि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘अहिले अस्पतालमा बन्न लागेको आइसोलेसन कक्षलाई थोरै सहयोग गरेको छु ।’ उनले भने,‘अब कहाँ, कुन ठाउँ, कसरी सहयोग गर्न सकिन्छ, समूहमा साथीहरू सँग सल्लाह गर्नेछु ।’ केसी जापानमा रहेको नेपालीहरूको संस्था फुकोओका नेपाल सोसाइटीको उपाध्यक्ष समेत हुन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com