Home विशेष कुलेश्वरबाट ७ जुवाडे पक्राउ

कुलेश्वरबाट ७ जुवाडे पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।  महानगरपालिका वडा नं. १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक बरामद भएको छ ।

अबैध जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको कुलेश्वरका शिव श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए ।

डिएसपी बोहोराका अनुसार पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन् ।

पक्राउ परेकाहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com