344
पर्वतको दुर्लुङमा रहेको धार्मिक तथा ऐतिहासिक दुर्लुङकोटलाई नेपालका बाइसे चौबीसे राजाको पालादेखि शक्तिपिठका रूपमा पुज्दै आइएको छ । यहाँबाट धौलागिरिदेखि धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यलाई एक साथ नियाल्न सकिन्छ । समुद्री सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको यस ठाउँबाट देखिने म्याग्दी, वाग्लुङ, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा, पर्वत आदि जिल्लाका पहाडी दृश्य सजिलै नियाल्न सकिन्छ ।