Home Social वडा अध्यक्ष गुरुङको उदाहरणीय काम

वडा अध्यक्ष गुरुङको उदाहरणीय काम

by ईलालटिन
0 comment

पर्वत । पर्वतको फलेवास नगरपालिका–९ का वडा अध्यक्ष हितमान गुरुङले बिहीबार एका कार्यक्रमका बिच आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीय बासीलाई वितरण गरेका छन् ।

गत स्थानीय चुनावमा वडा अध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने बताए अनुसार वडा अध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष गुरुङले तलब बापत पाएको १ लाख २४ हजार रुपैयाँ दिर्घरोगी र निम्न वर्गका २२ जना वडावासीलाई उनीहरूको अवस्था हेरेर ३ देखि १० हजार रुपैयाँसम्म सहयोग गरेको हो ।

“मैले चुनावताका नै भनेको थिएँ, चुनाव जितेर गएपछि पाउने सबै रकम वडावासीमा खर्च गर्ने छु ।”, उनले भने, “अबका दिनमा समेत राज्यबाट पाउने कुनै पनि सेवा सुविधा वडाकै हितमा लगाउछु ।”

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com