Home फोटो फिचर देव–नारायण अक्षय कोषबाट महिला भलिबलकी राष्ट्रिय कप्तान शाही सम्मानित

देव–नारायण अक्षय कोषबाट महिला भलिबलकी राष्ट्रिय कप्तान शाही सम्मानित

by ईलालटिन
0 comment

पर्वत । पर्वतको दुर्लुङमा सामाजिक अगुवाद्धय देव बहादुर गुरुङ र नारायण प्रसाद गुरुङद्वारा स्थापित “देव–नारायण अक्षय कोष”ले आयोजना गरेको पाँचौँ वार्षिक कार्यक्रम एवं प्रथम स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरिएको छ । खेल क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरूप शाहीले पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं संविधानसभा सदस्य अर्जुन प्रसाद जोशीले कप्तान शाहीलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका दश जना व्यक्तिहरूलाई दोसल्ला र सम्मान–पत्र दिएर सम्मानित गर्नुभएको हो । कार्यक्रममा विपन्न र उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रमुख अतिथि जोशीले देव बहादुर गुरुङ र नारायण प्रसाद गुरुङले समाजलाई दिएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अन्य अतिथिहरूले पनि देव बहादुर गुरुङ र नारायण प्रसाद गुरुङले आफ्नो जीवन कालमा समाजमा खेलेको भूमिका र उहाँहरूको सामाजिक जीवनी बारे प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथिहरू नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति नवराज गुरुङ, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य इच्छा बहादुर गुरुङ, नेपाली काँग्रेसका उपसभापति डाक्टर चुडामणिा शर्मा, शिक्षाविद् तथा सामाजिक व्यक्तित्व भीम लाल गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य याम बहादुर मल्ल रामकृष्ण, सिता काफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधि कुल प्रसाद उपाध्याय, दुर्लुङका वडा अध्यक्ष तेज प्रसाद पाध्य र मिलन फाउन्डेसन अफ नेपालका अध्यक्ष दुर्गा गुरुङलगायतकाहरुले बोल्नु भएको थियो ।

“देव–नारायण अक्षय कोष” समितिका अध्यक्ष प्रितम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दाजुभाईद्धय देव–नारायणको जीवनी बारे स्थानीय बालकृष्ण सुवेदीले जानकारी गराउनु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव उत्तम अधिकारीले गर्नुभएको थियो ।

 

 

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com