Home अर्थ/वाणिज्य शुक्रबार डलरको भाउमा नयाँ रेकर्ड, बढ्ने क्रम रोकिएन

शुक्रबार डलरको भाउमा नयाँ रेकर्ड, बढ्ने क्रम रोकिएन

by ईलालटिन
0 comment

काठमाडौं । शुक्रबार पनि डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्ला समय दैनिकजसो बढेर नयाँ रेकर्ड बनाउदै आएको डलरको भाउ शुक्रबार पनि २३ पैसाले बढेर नयाँ उचाइमा पुगेको हो। नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ६७ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा थियो।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। -पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ६७ पैसा खर्च गर्नु पर्ने भएको छ।

डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ। नेपाललाई रेमिट्या-न्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ । मेरोलगानी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com